३. भगुवाको नाम काट्ने र लगत राख्नेः
(१) नियम २ बमोजिम भागी जाने व्यक्तिको सम्बन्धमा भागी गएको ६० दिनपछि सम्बन्धित बाहिनी, फर्मेशन, डिपो, गण, गुल्म, सेनामुख र डिपो ग्रुपले सो व्यहोरा जनाई आदेश दिई लगत कटाउनु पर्छ ।
(२) उप–नियम (१) बमोजिमको कारवाही सकेपछि सम्बन्धित बाहिनी, फर्मेशन, डिपो, गण, गुल्मले भागी जाने व्यक्तिका सम्बन्धमा गरिएको सबै कागजात रेकर्डको लागि क. की. जङ्गी फाँटमा पठाउनु पर्छ । क. की. जङ्गी फाँटले पनि त्यस्तो कागजात प्राप्त भएपछि छुट्टै भगुवा लगत खडा गरी विभिन्न युनिटको क्रमैसित राख्नु पर्छ ।
(३) क. की. जङ्गी फाँटको विभिन्न बाहिनी, फर्मेशन, डिपो, गण, गुल्मबाट प्राप्त भगुवा व्यक्ति उपर कारवाही गरिएको सबै कागजात हेरी भागी जाने व्यक्तिले ३ वर्ष भन्दा बढी सेवा गरेको भए तीन वर्ष व्यतित भएपछि त्यस्ता व्यक्तिको नाम लगतबाट काटी त्यसको सूचना कण्ट्रोलर अफ डिफेन्स एकाउण्ट स्टोर्स कार्यालयमा पठाउनु पर्छ । तर ३ वर्षभन्दा घटी सेवा गरेको रहेछ भने त्यस्ताको लगत आजीवन कायम राख्नु पर्छ ।